टायरको गुणस्तरमा ध्यान दिएर मिसेलिनका टायर बिक्री गर्न थाल्यौँ : सिप्रदी ट्रेडिङ

 कात्तिक ७, २०७६ बिहिबार १७:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा सिप्रदी ट्रेडिङ प्रालीले फ्रान्सको कम्पनी मिसेलिनका टायरको व्यवसायिक बिक्री गरिरहेको छ । 

मिसेलिनका टायरहरू एक सय ७० देशहरूमा उपलब्ध छ र विश्वभर नै ६९ ओटा उत्पादन केन्द्रहरू छन् । एक सय ३० वर्षदेखि सञ्चालनमा आएको यो कम्पनीले नेपालका लागि व्यवसायिक, यात्रुवाहक र दुई पाङ्ग्रे सवारी साधनको टायर बिक्री गरिरहेको छ ।

सिप्रदीले गएको तीन वर्षदेखि मिसिलिनको उपयोगिता विश्लेषण गरेर मात्र औपचारिक रुपमा सार्वजनिक गरी बिक्री थालेको हो । सवारी साधनको सुरक्षा, आरामदायी, माइलेज लगायतमा टायरको ठूलो भुमिका हुन्छ । यिनै कुरालाई मध्यनजर गर्दै नेपाली बजारमा मिसेलिनका टायरलाई गुणस्तरीय टायरका रुपमा लिइन्छ । 

किन प्रयोग गर्ने मिसेलिनका टायर ?

फ्रान्समा उत्पादित यो कम्पनीको टायर प्रयोग गर्दा २० प्रतिशतसम्म इन्धनको बचत हुने अध्ययनले देखाएको छ । यो टायरको आयुसमेत बढी भएकोले सुरुमा केही महँगो लागे पनि त्यसले उपभोक्तालाई फाइदा दिन्छ ।

यसैगरी मिसेलिनका कुनै पनि टायरहरु अरु टायरको तुलनामा ७० देखि ८० प्रतिशत पन्चर हुने सम्भावना कम हुन्छ । स्कुटरमा त ९९ प्रतिशतसम्म पन्चर नहुने खालको टायर छ ।

सुरक्षाका लागि मिसेलिनले के गरिरहेको छ ?

विभिन्न पार्किङ क्षेत्रमा यात्रुवाहक सवारी साधन र दुई पाङ्ग्रे टायरको जाँच गरी टायरको आयु लगायत हेर्ने गरिरहेका छौँ । यसैगरी टायर सुरक्षाका बारेमा गाडी धनीलाई जनचेतना दिने कार्यक्रम पनि छ । 

यसअन्तर्गत गुणस्तरीय टायरको प्रयोग र उपयोगिता, टायरलाई सुरक्षित राख्ने उपायहरु पर्छन् । कोही ग्राहकले मिसेलिनका टायर किन्छन् भने नियमित अपडेट गर्छौँ र केही समस्या आएमा तत्काल समाधान गर्न ग्राहक भएकै ठाउँमा पुग्ने प्रयास गर्छौँ । 

(सिप्रदीमा मिसेलिनका बजार व्यवस्थापक मनिष महर्जनसँग उज्यालो सहमकर्मीले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया