‘नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज

 कात्तिक ८, २०७६ शुक्रबार ११:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को शुक्रबार ग्राण्ड फिनाले हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा हुन लागेको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज पाउनेछ ।

फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) पुग्न सफल भएका छन् ।

‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित हुनेछन् ।

नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका छन् । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका हुन् ।

नेपाल लोक स्टारको विजेताले ५० लाख, दोस्रोले २५ लाख, तेस्रोले १० लाख र चौथो अर्थात् सान्त्वना हुनेले ५ लाख प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया