रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना : २ जनाको ज्यान गयो

 कात्तिक ८, २०७६ शुक्रबार १३:४१:३२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, बिहीबार बेलुकी साढे सात बजेतिर चौरजहारी नगरपालिका–९, सल्यानीपधेरामा भएको दुर्घटनामा सानीभेरी गाउँपालिका–१, का २२ वर्षीय ट्रयाक्टर चालक महेन्द्र विक र २७ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको हो ।  

दुवै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुमित खड्काले जानकारी दिनुभयो । रक्सी पिएर ट्रयाक्टर चलाएका कारण दुर्घटना भएको डीएसपी खड्काले बताउनुभयो । ट्रयाक्टर मध्यपहाडी लोकमार्गबाट झण्डै २० मिटर तल खसेको जनाइएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया