धोनीले सन्यास लिइहाल्नुपर्छ भनेर टिप्पणी गर्नेमध्ये आधालाई जुत्ताको तुना बाँध्न पनि आउँदैन : रवि शास्त्री

 कात्तिक ९, २०७६ शनिबार १६:७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई सन्यासको सल्लाह दिने मानिसहरुको भारतीय टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीले कडा आलोचना गरेका छन् । 

शास्त्रीले भनेका छन्, ‘जो मानिसहरु धोनीको आलोचना गरिरहेका छन् र उनको क्रिकेटको भविष्यलाई लिएर प्रश्न उठाइरहेका छन्, एमएस धोनीलाई लिएर टिप्पणी गर्ने आधा मानिसहरु आफ्नो जुत्ताको तुना पनि बाँध्न सक्दैनन् र उनीहरु धोनीको भविष्यलाई लिएर बयान दिइरहेका छन् ।’

शास्त्रीले धोनीलाई लिएर आफ्नो तर्फबाट वक्तव्य दिनु उनको लागि असम्मान हुने बताए । ‘टाइम्स अफ् इण्डिया’लाई दिएको अन्तर्वातामा शास्त्रीले भारतका लागि १० वर्षभन्दा बढी खेल्ने खेलाडीलाई सन्यास कहिले लिने भन्ने कुरा राम्रोसँग थाहा भएको प्रतिक्रिया दिए । 

‘धोनीले टेस्टबाट सन्यास लिएर विकेट कीपिंगको जिम्मा ऋद्धिमान साहलाई दिनु सही समय थियो । जब टिमको कुरा आउँछ तब धोनी सधै आफ्नो विचार राख्न तयार हुन्छन् ।’

केही दिनअघि मात्र राँची टेस्टको अन्तिम दिन ड्रेसिंग रुममा पुगेर धोनीले शाहबाज नदीमलाई डेब्यू खेलको लागि प्रेरणा दिने काम गरेका थिए । 

मुख्य प्रशिक्षक शास्त्रीले धोनीको सन्यासलाई लिएर बहस अन्त्य गर्नुपर्ने बताएका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया