बर्दियामा पतिको हत्या गरेकाे आराेप लागेपछि फरार भएकी महिला पक्राउ, ज्यान मुद्दा दर्ता

 कात्तिक ९, २०७६ शनिबार २०:२७:७ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको बाँसगढीमा पतिको हत्या गरी फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

बाँसगढी नगपालिका-६ का अन्दाजी ५२ वर्षीय समला दरैकाे हत्या गरेको आरोपमा उनकी पत्नी ५० वर्षीया दिलमाया दरैलाई प्रहरीले पक्राउ गरेको हो । पतिको हत्या गरेर फरार रहेकी दिलमाया दरैलाई प्रहरीले बाँकेको खजुरा गाउँपालिका-७, गुनानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक एसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

उनलाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि बर्दिया प्रहरी प्रमुख बास्तोलाले बताउनुभयो । 

लामो समयदेखि भारतमा मजदुरी गर्दै आएका समला गएकाे बिहीबार घर फर्किएकाे र त्यसै दिन घरमा झगडा भएको सुनिएको छिमेकीले बताएका प्रहरीले जनाएको छ । 

शनिबार बिहान आठ बजेसम्म दरैको घरमा सुनसान देखिएपछि हेर्न पुगेका छिमेकीले घरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेपछि मात्र पतिको हत्या गरी पत्नी फरार रहेको खुलेको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया