सागको तयारीका लागि बिच भलिबल टिमले श्रीलंकामा प्रशिक्षण गर्ने

 कात्तिक १०, २०७६ आइतबार १५:२५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सागको तयारीका लागि महिला बिच भलिबल टोली श्रीलंका जाने तयारीमा रहेको छ ।

सागका लागि चार सदस्यीय टिमको घोषणा गरिएको र वैदेशिक प्रशिक्षणका लागि श्रीलंका जाने तयारीमा रहेको नेपाल भलिबल संघले जनाएको छ । संघले पोखरामा बिच भलिबलको कोर्ट निर्माण भइरहेकाले तिहार लगत्तै कम्तिमा १० दिन श्रीलंकामा वैदेशिक प्रशिक्षण गराउने जनाएको छ ।

सागको महिला टिम शनिबार घोषणा गरिएको थियो । बिच भलिबलका लागि कोपिला उप्रेती, विनिता बुढाथोकी, नेविका चौधरी र मनिषा चौधरी रहेका छन् । पुरुष बिच भलिबल टिमको घोषणा भने असोज २८ गते गरिएको थियो ।

पुरुषतर्फ मानबहादुर श्रेष्ठ, सञ्जुविक्रम शाह, दिल सुनुवार र राजु विक छन् । बिच भलिबल पोखरामा हुने छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया