काठमाण्डाैकाे गुर्जुधारामा ट्रक दुर्घटना: चालकको ज्यान गयाे

 कात्तिक ११, २०७६ सोमबार ८:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको गुर्जुधारामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।

कलंकीबाट थानकोटका लागि छुटेको बा ५ ख ५० २५ नम्बरको ट्रक बिजुलीको पोलमा ठोक्किँदा चालक मकवानपुरका २५ वर्षका अंकित तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । तामाङको उपचारका क्रममा ओम समाज अस्पतालमा ज्यान गएको हो । घाइते सहचालकको उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया