प्रहरीकाे तिहार लक्षित विशेष सुरक्षा व्यवस्था: १० मिनेटभित्र घटनास्थलमा पुग्ने

 कात्तिक ११, २०७६ सोमबार ८:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल प्रहरीले काठमाण्डौसहित देशभर तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

घटना हुनेबित्तिकै आफूहरु ५ देखि १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो । काठमाण्डौ बाहिर भने सूचना पाउन ढिलाइ हुने र बाटोका कारण केही समय लाग्ने गरेको प्रवक्ता पोखरेलको भनाइ छ ।

गएका वर्षमा भएका घटनालाई ध्यानमा राखेर यो वर्ष पनि तिहारका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन जनशक्ति तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

चाडपर्वको समयमा पटाका पड्काउने, पसलले कालोबजारी गर्ने, जुवा खेल्ने लगायतका गतिविधि हुने भएकोले त्यस्ता गतिविधि थाहा पाउनेबित्तिकै जानकारी गराउन पनि नेपाल प्रहरीले आग्रह गरेको छ । नेपाल प्रहरीले विभिन्न आपराधिक गतिविधि हुन नदिन सादा पोसाकका प्रहरी पनि खटाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया