साउदीमा वायुसेवा निगमकाे व्यापारिक एजेन्ट छनाेट

 कात्तिक १२, २०७६ मंगलबार ९:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जहाज उडान गर्ने सम्झौता गरेसँगै जनरल सेल्स एजेन्ट ‘जीएसए’ नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ ।

निगमले साउदीमा उडान गर्ने भएपछि जीएसए लिन धेरै कम्पनीले चासो देखाएका थिए । चासो देखाएका एजेन्सीमध्ये ज्याज एभिएसनलाई छनोट गरेको र यसबारे अध्ययन गर्न एउटा टोली साउदी अरेबिया जान लागेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो ।

व्यवस्थापन समूहबाट एकजना र सञ्चालकमध्ये एकजना गरी दुईजनाको टोली साउदी जाने तयारी भए पनि मिति भने तोकिनसकिएको उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया