बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकाे मध्यावधि आम चुनावको प्रस्ताव अस्वीकृत

 कात्तिक १२, २०७६ मंगलबार १४:४६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सले मध्यावधि आम चुनाव गराउने प्रधानमन्त्री बोरिस जोन्सोनको प्रस्ताव अस्वीकृत गरेको छ ।

डिसेम्बर १२ तारिखमा आम चुनाव गराउने प्रधानमन्त्री जोनसनले गरेको प्रस्तावको पक्षमा २९९ र विपक्षमा ७० मत खसेको थियो । धेरै मत पक्षमा परे पनि प्रधानमन्त्रीको प्रस्ताव पारित हुन आवश्यक पर्ने ४ सय ३४ मत नआएकाले प्रस्ताव अस्वीकृत भएको हो ।

संसदमा बेलायती विपक्षी दलका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसनलाई विश्वास गर्न नसकिने बताउनुभएको थियो । 

बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता अर्थात ब्रेक्जिटको समयावधि आगामी जनवरी महिनाको अन्तिमसम्म थपिएको छ । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले युरोपेली सङ्घबाट बेलायत बाहिरिने समयावधि थप गरेको बताउनुभएको हो ।

जनवरी ३१ को समय सीमाबारे बेलायती संसद्को निर्णय अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली परिषदमा समय थप गर्न अनुरोध गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया