जगाती–कोटेश्वर गाडीमा टाइमकार्ड, पीक आवरमा ट्रिपर चलाउन पनि नपाइने

 साउन १, २०७५ मंगलबार ९:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दुर्घटना कम गर्न आजदेखि भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म गाडीमा टाइमकार्ड लागू भएको छ । भक्तपुरको ६ लेनको सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले टाइमकार्ड लागू गरेको जनाएको छ ।

टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायत गाडीले प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र गुड्नुपर्ने हुन्छ । यस्तै, महाशाखाले आजदेखि जगाती–कोटेश्वर सडकको बाँयातर्फ मालबाहक र सार्वजनिक गाडी  दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कुटनीतिक नियोगका बस सञ्चालन गर्ने तयारी गरेको छ । 

यात्रु चढाउन र झार्न सार्वजनिक गाडी बेला बेला रोक्नु पर्ने भएकाले र सँगै ट्रक, ट्रिपर पनि रोक्नु पर्ने भएकाले बायाँ लेनमा र मोटरसाइकल तथा जीप लगायतका साना गाडी राकिरहनु नपर्ने भएकाले दायाँ लेनमा चलाइने महाशाखाले जनाएको छ । 

यसैबीच, आजदेखि पीक आवरमा ट्रिपर चलाउन रोक लगाइएको छ । भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म ट्रिपर चलाउन रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया