साेलुखुम्बुकाे होटलमा विदेशी नागरिक मृत फेला

 कात्तिक १३, २०७६ बुधबार ७:३४:५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।

मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्युको कारण भने खुल्न नसकेकाे र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया