सप्तरीमा लाेपाेन्मुख प्रजातिकाे अजिङ्गर भेटियाे

 कात्तिक १३, २०७६ बुधबार ९:२:१५ | रासस
unn.prixa.net

तस्बिर: रासस

सप्तरी - सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

सप्तरी जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो । 

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयले कोशी बाँधमा अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । दबर पाएलगत्तै प्रहरीले नियन्त्रणमा लिएकाे अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएकाे छ ।

यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र  १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया