दाङमा नेपालकै दोस्रो लामो पुल निर्माणको काम सम्पन्न

 कात्तिक १३, २०७६ बुधबार ११:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा नेपालकै दोस्रो लामो पुल निर्माणको काम सकिएको छ ।

राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम सकिएको हो ।  झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाई ८ सय ६० मिटर तथा चौडाई १० मिटर रहेको पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७२/७३ देखि सुरु भएको निर्माणको काम आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।पुल निर्माणको काम सकिए पनि त्यहाँसम्म पुग्ने सडक निर्माणको काम भइरहेकाले आउने माघ महिनामा उद्घाटन गरिने पन्तले बताउनुभयो ।

पुल बनेसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । पुल निर्माण सकिएपछि झण्डै डेढ घण्टा लाग्ने यात्रा १५ मिनेटमै वारपार गर्न सकिने स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया