काराबाओ कप: आज लिभरपुलसँग आर्सनल र चेल्सीसँग म्यान्चेष्टर युनाइटेड खेल्दै

 कात्तिक १३, २०७६ बुधबार १३:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काराबाओ कपको प्रि-क्वार्टर फाइनलको खेलमा बुधबार राति लिभरपुल र आर्सनलबीच प्रतिष्पर्धा हुँदैछ । काराबाओ कपको यो हाइ प्रोफाइल म्याच लिभरपुलको मैदान एन्फिल्डमा नेपाली समय अनुसार राति सवा एक बजे हुनेछ ।

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेको लिभरपुलले गएकाे आइतबार टोटनह्यामलाई हराउँदै ६ अंकको अग्रता लिएको छ । घरेलु मैदान र प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शनका कारण लिभरपुल बलियो आत्मविश्वासका साथै आर्सनलविरुद्ध उत्रिनेछ ।

यता आर्सन लभने संकटमा पर्दै आएको छ । यसै साता भएको खेलमा दुई गोलले अग्रता लिएको अवस्थामा पनि आर्सनल क्रिष्टल प्यालेससँग अंक बाँड्न बाध्य भएको थियो ।

खराब प्रदर्शनका कारण आर्सनल प्रशिक्षक उनाई एमेरी चरम दबाबमा छन् । तर, दुवै क्लबका लागि काराबाओ कप तुलनात्मक रुपमा महत्वपूर्ण छैन । 

बुधबारै चेल्सी र म्यान्चेष्टर युनाइटेड पनि अन्तिम आठमा स्थान बनाउनका लागि प्रतिष्पर्धा गर्दैछन् । चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा हुने खेल राति एक बजेर पचास मिनेटमा हुनेछ ।

त्यसपछि एष्टन भिल्लाको मैदानमा वल्भरह्याम्टन पनि क्वार्टर फाइनलमा स्थान बनाउनका लागि प्रतिष्पर्धा गर्दैछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया