प्रधानमन्त्री ओलीलाई बिहीबारसम्ममा डिस्चार्ज गरिने

 कात्तिक १३, २०७६ बुधबार १९:५९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नियमित उपचार तथा स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार राति वा बिहीबारसम्ममा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।  

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक तथा ग्रान्डी अस्पतालको नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ ।

प्रधानमन्त्री ओली बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि काठमाण्डौको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पताल पुग्नुभएको थियो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको भदौ महिनामा उहाँले सिंगापुरको नेशनल युनिर्भसिटी अस्पतालमा उपचार गरेर आएपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Niranjan

    Oct. 30, 2019, 11:01 p.m.

    आमनागरिक विदेश जाँदा मेडीकल अनिवार्य छ, तर प्रधानमन्त्री वन्दा चाहिं किन औषधोपचार वीमा छैन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया