विश्व सम्पदा सूचीमा सूचीकृत जापानको ओकिनावामा रहेकाे शुरी दरबार आगलागीबाट ध्वस्त

 कात्तिक १४, २०७६ बिहिबार ७:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानको दक्षिणी टापू ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा रहेको शुरी दरबारमा बिहीबार बिहान आगलागीबाट ध्वस्त भएको छ ।

आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृश्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दा हेर्दै आगोको लप्का र धूवाँबीच अस्थीपञ्जर मात्र बाँकी रहेको छ ।

बिहीबार बिहान २ बजेर ४७ मिनेटमा आकस्मिक अग्निनियन्त्रकहरुलाई आगलागीको खबर आएको र त्यसलगत्तै अग्निनियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके ले जनाएको छ ।

झण्डै पाँच सय वर्षअघि र्‍यूक्यू राजवंशका लागि राजदरबारका रुपमा निर्माण गरिएको शुरी दरबार पटक पटक आगलागीमा पर्दै र पुनर्निमाण हुँदै आएको थियो । यस अघि सबैभन्दा पछिल्लो पटक सन १९४५ मा भएको ओकिनावा युद्धका बेला यो ध्वस्त भएको र अहिलेकाे स्वरुपमा पुनर्निमाण गरिएकाे थियाे।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया