आजकाे माैसम: पहाडी क्षेत्रमा आंशिक बदली हुने, अरु ठाउँमा खुल्ने

 कात्तिक १४, २०७६ बिहिबार ७:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सफा हुने देखिएको छ ।

बंगलादेश आसपास बनेको न्यून चापीय प्रणाली र अरब सागरमा बनिरहेको अर्को न्यून चापीय प्रणालीसँगै स्थानीय वायुले पहाडी क्षेत्रमा बादल ल्याउने भएकाले पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुल्ने देखिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले पहाडी भेगको एक/दुई ठाउँमा हल्का पानी समेत पर्न सक्नेछ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया