बल्खुमा कारको ठक्करबाट पैदलयात्रीको ज्यान गयाे

 कात्तिक १४, २०७६ बिहिबार ९:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बल्खुमा कारको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ ।

बुधबार राति सवा ११ बजेतिर कंलकीतिरबाट आएको कारको ठक्करबाट ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवाको परिचय भने नखुलेको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भागेको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्करपछि घाइते भएका युवाको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया