साइकल यात्रीलाई जोगाउन खोज्दा बस दुर्घटना

 जेठ ९, २०७५ बुधबार १३:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी, जेठ ९ –  उदयपुरको गाईघाटबाट सुनसरीको धरान र्फ जाँदै गरेको बस सुनसरीको इटहरीको आँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

१६ जना बढी घाइते भएका छन । तीव्र गतिका कारण ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । साइकल यात्रीलाइ जोगाउने क्रममा बस दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका डीएसपी अभिचन्द्र रिजालले बताए । घाइतेहरूलाइ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । मृतकको पहिचान खुलेको छैन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया