प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

 कात्तिक १४, २०७६ बिहिबार १५:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्राण्डी अस्पतालमा पुगेर त्यहाँ उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीको बुधबारदेखि ग्राण्डी अस्पतालको आईसीयूको बेड नम्बर १४१६ मा राखेर उपचार भइरहेको छ । बुधबार पहिलो पटक डायलाइसिस भएको प्रधानमन्त्री ओलीको बिहीबार पनि डायलाइसिस भइरहेको छ ।

प्रधानमन्त्री ओलीको डायलाइसिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नु भएका उहाँले सञ्चारकर्मीमाझ भर्खरै डायलाइसिस गरिएको र एकैछिन रेस्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताउनुभयो । उहाँले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताउनुभयो । ‘भर्खरै डायलाइसिस भएपछि एकैछिन रेस्ट गरेर उहाँ डिस्चार्ज हुँदै हुुनुहुन्छ, आज बालुवाटार जानुहुन्छ’, अध्यक्ष प्रचण्डको भनाइ थियो, ‘प्रधानमन्त्रीले आफूलाई अहिले ठिक भयो भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले प्रचण्डसँग आफ्नो स्वास्थ्यमा छिटो छिटो समस्या देखा परेको पनि बताउनु भएको थियो ।

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीको फेरि डायलाइसिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोलि, पर्सिको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्री ओलीले बुधबार ग्राण्डी अस्पतालमा पुगेर मिर्गौंलाको पहिलो डायलाइसिस गराउनु भएको थियो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया