कर्णाली प्रदेशमा राष्ट्रिय बीमा संस्थानकाे पहिलो शाखा

 कात्तिक १४, २०७६ बिहिबार १९:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय बीमा संस्थानले कर्णाली प्रदेशमा पहिलो पटक नयाँ शाखा विस्तार गरेको छ । 

संस्थानले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा प्रदेशकै पहिलो शाखा विस्तार गरेको हो । संस्थानले बीमा क्षेत्रको बढ्दो दायरालाई मध्यनजर गर्दै कर्णाली प्रदेशमा पहिलो पटक शाखा विस्तार गरेको हो । 

मंसिरमा एक कार्यक्रम गरी नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन हुने र अभिकर्ता तालिम पनि सञ्चालन गरिने सुर्खेत शाखाका प्रमुख रमेश उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो । 

राष्ट्रिय बीमा संस्थान सरकारी स्वामित्वको बीमा क्षेत्रको अग्रणी संस्थान हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया