साँखु फेदी बस दुर्घटना : ज्यान गुमाउनेमध्ये २ जनाको परिचय खुल्यो

 कात्तिक १५, २०७६ शुक्रबार १०:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको लप्सेफेदीमा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ज्यान गुमाएका मध्ये २ जनाको  मात्रै परिचय खुलेको छ । 

सिन्धुपाल्चोक मेलम्ची  नगरपालिका–८ की मिठु विक र मेलम्ची– १२ की कान्छीमाया तामाङको ज्यान गएको छ भने १ जना पुरुषको अझै परिचय खुल्न सकेको छैन । 

दुर्घटनामा घाइते भएका ६५ जनामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

बिहीबार सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ५०७० नम्बरको बस काठमाण्डौको लप्सेफेदीमा दुर्घटना भएकोे थियो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया