इङ्ल्याण्डले न्युजिल्याण्डलाई सात विकेटले हरायो

 कात्तिक १५, २०७६ शुक्रबार १३:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्याण्ड भ्रमणमा रहेको इङ्ल्याण्डले घरेलु टोली विरुद्धको पहिलो टी ट्वान्टी खेलमा सात विकेटको जित हात पारेको छ । इङल्याण्डको जितमा जेम्स भिन्सले अर्धशतकीय पारी खेले ।

क्राइस्टचर्चमा शुक्रबार बिहान भएको खेलमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । न्युजिल्यान्डले ९३ रनमा चार विकेट गुमाएको थियो ।

ओपनर मार्टिन गप्टिल दुई र कोलिन मुर्नो २१ रनमा पवेलियन फर्किए । कोलिन डि ग्रान्डहोम १९ र टिम सेइफर्ट ३२ रनमा आउट भए । तर छैटौँ विकेटका लागि रोज टेलर र मिचेलले ५६ रनको साझेदारी गर्दै पारीलाई अघि बढाए । टेलरले ३५ बलमा ४४ रन बनाउदा चिेल ४२ रनमा अविजित रहे । क्रिस जोर्डनले दुई, साम कुरान, आदिल रसिद र पेट ब्राउनले एक–एक विकेट लिए ।

जवाफमा इङल्याण्डले १८ ओभर तीन बलमा तीन विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो । इङल्यान्डको सहज जितमा डविड मलानले एघार, जोनी ब्रेस्टोले ३५, जेम्स भिन्सले ५९ रनको योगदान दिए । आयोन मार्गान ३४ र साम विलिङसले १४ रनमा अविजित रहे ।

भिचले सान्टरनले तीन विकेट लिए । जितपछि इङल्याण्डले पाँच खेलको श्रीङ्ख्लामा एक शून्यको अग्रता लिएको छ । दोस्रो टी ट्वान्टी आइतबार विलिङटनमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया