विन्दवासिनीलाई एसिड छ्याप्ने दिलीप केशरी ६ वर्षपछि पक्राउ

 कात्तिक १५, २०७६ शुक्रबार १३:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – ६ वर्षअघि हेटौँडा मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसिड छ्याप्ने अभियुक्त दिलीप केशरीलाई प्रहरीले पक्राउ गरेको छ । 

बारा प्रहरीको सहयोगमा अभियुक्तलाई साढे पाँच वर्षपछि पक्राउ गरिएको हो । २०७० साल वैशाख ९ गते विन्दवासीनीलाई एसिड प्रहार गरी भारतमा लुकेर बसेका केशरीलाई बारा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ गरेलगतै अभियुक्त केशरीलाई अहिले जिल्ला प्रहरी कार्यालय मकवापनुरको हिरासतमा राखिएको छ ।

यो ६ वर्षको अवधिमा मकवानपुरमा धेरै प्रहरी प्रमुख फेरिए तर दिलीपराज केशरीलाई पक्राउ गर्न सकिएको थिएन । तर केशरी भने नेपाल-भारत ओहोरदोहोर गर्दै आइरहेका थिए ।

बारा आएको समयमा शुक्रबार उनलाई पक्राउ गर्न सकिएको प्रहरी स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Kedar kadariya

    Nov. 2, 2019, 1:03 a.m.

    फाँसी दे हरामी लाइ सर्बजनिक ठाँउ मा लगेर कसैले हिम्मत नगरोस येस्तो कार्य गर्ने। सबै लाई चेतना भया।।।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया