पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
मस्कोको एउटा अदालतले विश्वकप फुटबलको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जनालाई १५ दिनको जेल सजाय सुनाएको छ ।
लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच खेल भैरहँदा प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश केही बेर खेल रोकिएको थियो । मैदान प्रवेश गरेको केही समयपछि प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ ले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको थियो ।
मैदानमा प्रवेश गर्ने व्यक्तिहरु पुस्सी रायट समूहका भेरोनिका निकुल्सिना, ओल्गा पाक्तुसोभा, ओल्गा कुराच्योवा तथा प्योट्र भर्जिलोव रहेको जनाइएको छ । चारै जनालाई १५ दिनको जेल सजायका साथै तीन वर्षसम्म कुनै पनि खेलकुद समारोहमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।