छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास

 कात्तिक १६, २०७६ शनिबार ६:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । 

छठका अवसरमा शनिबार दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठ पर्वले सामाजिक एकता प्रवर्द्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

त्यस्तै छठ पर्वका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना व्यक्त गर्नु भएकाे छ । छठ पर्वले सम्पूर्ण  नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेमा म विश्वस्त रहेकाे उपराष्ट्रपति पुनले सन्देशमा भन्नु भएकाे छ, 'यो पवित्र पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समुन्नत र समृद्ध राष्ट्र निर्माणको महाअभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गर्दछु ।'

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया