गुल्मीमा एक महिला र दुई बालककाे शव फेला

 कात्तिक १६, २०७६ शनिबार १४:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मीमा शनिबार ३ जनाको शव फेला परेको छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर-३, पोखरीमा अन्दाजी २७ वर्षीया एक महिला र दुई जना बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंंह खड्काले बताउनुभयो ।

घटनाको स्थलगत अध्ययन र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलसहितको टोली पठाइएको उहाँले बताउनुभयो । फेला परेका शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया