दाङ क्षेत्र नम्बर ३(ख) को प्रदेश सभा उम्मेदवारमा शिवकुमार चौधरीलाई उठाउने साझा पार्टीको निर्णय

 कात्तिक १६, २०७६ शनिबार १४:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साझा पार्टीले दाङको क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा उम्मेदवारमा शिवकुमार चौधरीलाई उठाउने निर्णय गरेको छ ।

आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावमा चौधरीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय भएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो ।

तत्कालीन एमालेको तर्फबाट विजयी हुनुभएका प्रदेश सांसद उत्तरकुमार ओलीको निधनपछि यो क्षेत्र रिक्त भएको थियो । अन्य दलले उम्मेद्वार टुंगो नलगाउँदै साझा पार्टीले दाङमा आफ्ना उम्मेद्वार तय गरेको हो । 

यसअघि साझा पार्टीले कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य र भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशको उम्मेदवार घोषणा गरिसकेको छ । 

साझाले अब बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार टुंगो लगाउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया