जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो मंसिर १४ गते हुने उपचुनावको उम्मेदवार चयनका विषयमा प्रारम्भिक छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको हो ।
‘अहिले हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुमाथि प्रारम्भिक छलफल गरेका छौँ,’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘भोलि (आइतबार) बस्ने बैठकबाट प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउनेछौँ ।’
आइतबार बस्ने सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको चयन गर्ने नेकपाको तयारी छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बाहिर आएको जस्तो गम्भीर नरहेको बताउनुभएको थियो । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था गम्भीर नभएकोे बैठकमा जानकारी गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काम पनि सुरु गर्नु भएको बताउनुभयो ।