सोलुखम्बुमा चन्दा उठाउँदै गर्दा विप्लव कार्यकर्ता पक्राउ

 कात्तिक १६, २०७६ शनिबार १९:९:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता चन्दा उठाउदै गर्दा सोलुखुम्बुबाट पक्राउ परेका छन् ।

साेलुखुम्बुको सोताङ गाउँपालिका एक पावौबाट शुक्रबार ३७ वर्षीय ङिमा शेर्पा पक्राउ परेको सोलुखुम्बु प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पा पूर्व माओवादी लडाकु रहेका र अहिले विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दावी छ ।  

उनी सोलुखुम्बुकै महाकुलुङ गाउँपालिका-१ का बासिन्दा रहेकोे  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । प्रक्राउ परेका शेर्पाको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने गोली ५ थान, मोबाइल २ थान र ८ वटा सिमकार्ड फेला पारेकोे छ ।

शेर्पालाई शुक्रबार दिउसो ३ बजे सादा पोशाकमा खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको थियो । उनले यस अघि विभिन्न व्यक्ति तथा जनप्रतिनिधिहरुसँग चन्दा मागेकाे पनि खुल्न आएकाे छ । प्रक्राउ परेका शेर्पाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया