त्रिवि उपकुलपतिमा डा.धर्मकान्त बाँस्कोटा नियुक्त

 कात्तिक १७, २०७६ आइतबार १७:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ ।

केही महिना अघि मात्रै नेपाल मेडिकल काउन्सिलको अध्यक्षको पदावधि सकिएका बाँस्कोटालाई मन्त्रिपरिषद्को आइतबारको बैठकले त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।   

त्रिवि उपकुलपतिका लागि डा.बाँस्कोटासँगै डा.भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिसमा पर्नु भएको थियो । सरकारले डा.कोइरालालाई आइतबार नै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । 

मन्त्रिपरिषद् बैठकले कोइरालालाई बाँस्कोटाले पदावधि सकाएको ठाउँमा पठाएर बाँस्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । 
 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया