दुई जना भारतीय नागरिकविरुद्ध ३३ करोड रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर

 कात्तिक १७, २०७६ आइतबार १७:४७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – विदेशी विनिमय अपचलन गरेको आरोपमा दुई जना भारतीय नागरिकविरुद्ध राजश्व अनुसन्धान विभागले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

भारतीय नागरिक रितेशकुमार मधेसिया र निरज अग्रहरी विरुद्ध ३३ करोड ३२ लाख रुपैयाँ बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले जनाएको छ । 

उनीहरुले भारतबाट आउँदा ३८ लाख ९३ हजार रुपैयाँ नगद बोकेर ल्याएको र थप अनुसन्धान गर्दा १६ करोड २५ लाख १२ हजार रुपैयाँ रकम ल्याएर बैंकमा राखेको पाइएको विभागले जनाएको छ । 

उनीहरुले विदेशी विनिमयको अपचलन तथा राजश्व चुहावट गरेको रकम १६ करोड २५ लाख रुपैयाँ, साथबाट बरामद भएको ३८ लाख ९३ हजार रुपैयाँ, उनीहरुले प्रयोग गर्ने भन्सार नतिरेको भारतीय मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको हो । 

रितेशकुमारलाई १६ करोड २५ लाख रुपैयाँ र निरजलाई १६ करोड ६६ लाख रुपैयाँ बिगो माग राखेर मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया