सिन्धुपाल्चोक बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १७ पुग्याे, १४ जनाकाे परिचय खुल्याे

 कात्तिक १७, २०७६ आइतबार २०:५६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने तीमध्ये १४ जनाको परिचय खुलेकोे छ । 

दुर्घटनामा ५० जना घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा दोलखाकाे शैलुङ गाउँपालिका -५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ-४ की ६ वर्षीया सलिना तामाङ, शैलुङ-३ का तीन महिने शिशु रोशन तामाङ, शैलुङ-३ की  २७ वर्षीया चमेली श्रेष्ठ, शैलुङ-५ की ४५ वर्षीया रत्न कुमारी राउत, भिमेश्वर नगरपालिका-९ की २४ वर्षीया रन्जिता के.सी. बस्नेत,  त्रिपुरासुन्दरी -४ की ६ वर्षीया साया श्रेष्ठ रहेका छन् ।

त्यस्तै शैलुङ-५ का २९ वर्षीय किरण राउत, शैलुङ-५ कै २० वर्षीया कविता राउत, शैलुङ-५ कै १४ वर्षीय निखिल खड्का, शैलुङ-४ का १४ वर्षीय दिल लामाऽ  शैलुङ-३ की ३२ वर्षीया निर्मला खड्का, काभ्रेकाे रोशि गाउँपालिका-४ की ५ वर्षीया सजिना तामाङ् र दाेलखाकी ७० वर्षीया उरमाया मोक्तान रहेकाे प्रहरी कार्यालय बलेफीले जानकारी दिएकाे छ । अरु शवको पहिचान गर्ने काम भैरहेको छ ।   

दोलखाबाट काठमाण्डाैका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो । अहिले भने उद्धारकार्य रोकिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनास्थल सडकका हिसाबले जोखिमयुक्त नभएकाले दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रुको चापका कारण दुर्घटना भएको आशंका छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया