त्रिभुवन विश्वविद्यालयका उपकुलपति बास्कोटाद्वारा पदभार ग्रहण

 कात्तिक १८, २०७६ सोमबार १८:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले सोमबार पदबहाली गर्नु भएको छ ।

आइतबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उहाँलाई उपकुलपतिमा नियुक्त गर्नु भएको थियो । सोमबार  नियुक्त पत्र बुझेर उहाँले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको हो । त्यस अवसरमा उहाँले त्रिभुवन विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकी नराख्ने दृढता पनि व्यक्त गर्नुभयो ।

पदभार ग्रहण समारोहमा नवनियुक्त उपकुलपति बास्कोटालाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया