म प्रशासक होइन,  जनताको सेवक हुँ : प्रजिअ कुरुम्बाङ

 कात्तिक १८, २०७६ सोमबार १९:३०:३८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नु भएका रामबहादुर कुरुम्बाङले आफू प्रशासक नभई जनताको सेवक भएको बताउनु भएको छ ।

सीडीओलाई शासकको रुपमा समेत हेरिने संस्कारतर्फ इङ्गित गर्दै कुरुम्बाङले भन्नुभयो, ‘अब जनताको सेवकको रुपमा हेरिने वातावरण म बनाउँछु ।’

सोमबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सञ्चारकर्मीसँग भएको छलफलमा सुशासन कायम गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने उहाँले स्मरण गराउनुभयो । खराब चरित्रलाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गर्दै प्रजिअ कुरुम्बाङले खोज पत्रकारिता गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मबाटै खोज पत्रकारिताको सुरुवात गर्नुहोस् ।’

याे पनि पढ्नुहाेस्

भष्टाचारविरुद्ध कलम चलाउन भन्दै कुरुम्बाङले पत्रकारको सुरक्षामा आफूले कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो । जनप्रतिनिधिहरुले बजेट र योजना निर्माण गर्ने बताउदै कुरुम्बाङले विकास निर्माणमा कर्मचारीतन्त्रको सहयोग अति आवश्यक पर्ने बताउनुभयो ।

म्याग्दीबाट एकीकृत घुम्ती शिविर देशमै पहिलो पटक आफूले सुरु गरेको स्मरण गर्दैै प्रजिअ कुरुम्बाङले स्याङ्जामा पनि घर घरमा पुगेर सेवा दिने स्पष्ट पार्नुभयो । प्रजिअ संघको मात्र नभई प्रदेश र स्थानीय तहको पनि भएकाले सबैसँग सहकार्य गर्दै नतिजा निकाल्ने गरी आफूले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका मेयर दिलिपप्रताप खाण, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मालगायतले बोलेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • Lokraj Roka

    Nov. 4, 2019, 7:44 p.m.

    राम बहादुर कुरुम्बाङ्ग जस्तो अझै हजारौं असल राष्ट्र सेवक प्रशासक र असल नेपाल अामाकाे सन्तान अावश्यकता छ

  •  0 Reply

तपाईको प्रतिक्रिया