काभ्रेको नमोबुद्धमा एक दम्पती मृत फेला

 कात्तिक १९, २०७६ मंगलबार ११:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रेपलाञ्चाेक – काभ्रेको नमोबुद्ध नगरपालिका तल्लो हटियामा एक दम्पती मृत भेटिएका छन् । यही ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको शव मंगलबार बिहान भेटिएको काभ्रेका एसपी जयराज सापकोटाले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको पनि उहाँले जानकारी दिनुभयो । 

सोमबार राति रक्सी खान पसलमा गएका व्यक्तिले उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । 

अन्तिम अपडेट: मंसिर २५, २०७६

तपाईको प्रतिक्रिया