पर्साको सखुवा प्रसौनीमा हात्तीले ४ वटा घर भत्कायाे

 कात्तिक १९, २०७६ मंगलबार १२:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पर्साको राष्ट्रिय निकुञ्जबाट मध्य रातको समयमा धानखान गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सिरही टोल र सुखी महतो उराँव, खजुरिया टोलका रामान्द साह कानु र भरत साह कानु गरी तीन जनाको घरको भित्ता भत्काएको छ ।

हात्तीले घरमा पसेर धान, चामल, गहुँ खानुको साथै भाँडाहरु कुल्चिएकाे छ । निकुञ्ज प्रशासनले हात्तीलाई गाउँ पस्न रोक्ने विद्युतीय तारबार जडान नगर्दा किसानले लगाएकाे धान बाली हात्तीले खानुको साथै र गाउँमा पसेर घर भत्काउने गरेका कारण आफूहरु लामो समयदेखि पीडा भोग्दै आएको स्थानीयले बताएका छन् ।

यसैगरी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा रेन्जमा लक्ष्मण राय थारूको धानको भकारी जङ्गली हात्तीले गएराति भत्काएको छ । मध्यराति करिब १२ बजे थारुको धान राख्ने भकारी भत्काएको स्थानीयले बताएका छन् ।

जङ्गली जनावरको आतंकका कारण जङ्गल छेउका बासिन्दा असुरक्षित छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया