बयानका लागि आलमलाई अदालत लगियो

 कात्तिक १९, २०७६ मंगलबार १२:११:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रौतहटका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमलाई बयानको लागि अदालत लगिएको छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा मुद्दा चलाउने गरी अदालमा मुद्दा दायर भएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलाशमा बयान भइसकेपछि मंगलबार नै थुनछेकको बहस सुरु गर्ने तयारी रहेको अदालतले जनाएको छ । आलमलाई कारबाही माग गर्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, त्यसपछि सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, पर्साका न्ययाधिवक्ता रुद्रप्रसाद पन्थी, उपन्याधिवक्ता अर्जुनप्रसाद कोइराला र सहायक न्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्नुहुनेछ ।

यस्तै घटनाका पीडीतकै पक्षबाट बहश गर्न काठमाण्डौबाट वरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौला र दिनेश त्रिपाठीसहित १२ जना कानुन व्यवसायी रौतहट जाँदैछन् । आलमको पक्षमा २८ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया