एभीसी सेन्ट्रल जाेन भलिबल च्याम्पियनशिप खेल्ने नेपाली टोलीको घोषणा

 कात्तिक १९, २०७६ मंगलबार १५:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप खेल्ने टोलीको घोषणा गरेको छ ।

थाइल्याण्डमा गरेको वैदेशिक प्रशिक्षणका आधारमा १८ खेलाडीमध्ये १२ जनाले बंगलादेशमा हुने सेन्ट्रल जोनको टिममा परेका हुन् । नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषाकुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

अरुणा शाहीलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

नेपालले थाइल्याण्डकाे महिला टोलीसँग ७ वटा मैत्रिपूर्ण म्याच खेलेको थियो । जसमा नेपालले चारवटामा जीत र तीन वटामा हार ब्यहोरेको थियो ।

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्किमिनिस्तान, अफगानिस्तानले खेल्नेछन् यो प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औंँ दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा पनि लिइएको छ । नेपाली टिम बिहीबार ब‌ंगलादेश जाने छ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया