भिरमौरीको मह काढ्ने क्रममा लमजुङमा एक जनाको ज्यान गयो

 कात्तिक १९, २०७६ मंगलबार १७:२८:४९ | श्यामशितल परियार
unn.prixa.net

फाइल फाेटाे

लमजुङ - दोर्दी गाउँपालिका–६, ढोडेनी झुमश्वाँरास्थित क्लेचे भिरमा भिरमौरीको मह काढ्ने क्रममा एक जनाको ज्यान गएको छ ।

मंगलबार दिउँसो भिरमह काढ्ने क्रममा डोरीबाट हात फुस्किएर खस्दा झुमश्वाँराका २६ वर्षीय गोरे भन्ने गोपाल गुरुङको घटनास्थलमै ज्यान गएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार १०/१२ जनाको एक टोली मह काढ्न क्लेचे भिरमा गएका थिए । क्लेचे भिरमा स्थानीयले वर्षपिच्छै चैत–वैशाख र असोज–कात्तिकमा गरी दुई चोटी भिर मह काढ्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया