गोरखा भूकम्पपछि चार रेक्टरस्केल माथिका ५३५ परकम्प

 कात्तिक २०, २०७६ बुधबार ७:२५:१२ | रासस
unn.prixa.net

काठमाण्डौ – गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका  छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताउनुहुन्छ । ‘ठूलो भूकम्पपछि बेलाबेलामा आउने परकम्पका कारण ठूलो भूकम्पको जोखिम कम हुन्छ’, उहाँले भन्नुभयो । चार रेक्टरस्केलभन्दा साना परकम्प ५० हजारभन्दा बढी गएको भट्टराईले बताउनुभयो ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको यो भूकम्पले काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति पुर्‍याएको थियो ।

भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । पछिल्लो समय देशको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया