मलेसियन रिंगिट र कोरियन वनको भाउ बढ्दा अरु मुद्रा घट्यो

 कात्तिक २०, २०७६ बुधबार १०:३४:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियन रिंगिट र कोरियन वनको भाउ केही बढेको छ भने अरु विदेशी मुद्राको भाउ घटेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो । 

आज बुधबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो । 

आज ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २० पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा रहेको थियो । 
रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ २१ पैसा बिक्रीदर २७ रुपैयाँ ३६ पैसा रहेको थियो  । 

वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ०४ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८३ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ १७ पैसा रहेको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया