सीडीएसको ‘मेरो शेयर’मा डाटा हरायो

 कात्तिक २०, २०७६ बुधबार ११:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धितोपत्र कारोबारका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सञ्चालन गर्दै आएको ‘मेरो शेयर’ मा पटक–पटक समस्या देखिन थालेको छ ।

दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि सीडीएससीले सञ्चालनमा ल्याएको ‘मेरो शेयर’मा आवध्द लगानीकर्ताले मंगलबार साँझदेखि कुनै पनि तथ्यहरु देख्न पाएका छैनन् भने शेयरको कारोबारका लागि आश्वा प्रयोग गर्नबाट पनि लगानीकर्ताहरु बञ्चित भएका छन् । 

मंगलबारदेखि ‘डाटाबेस’ मा समस्या आएको सीडीएससीले जनाएको छ । सीडीएससीले समस्या समाधानको प्रयास भइरहेको जानकारी दिँदै केही घण्टाभित्रै सेवा सुरु हुने बताएको छ । यसअघि पनि मेरो शेयरमा समस्या आएको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया