सुनचाँदीको भाउ घट्यो

 कात्तिक २०, २०७६ बुधबार १२:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया