कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई पार्टीको तर्फबाट धरान उपमहानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको छ।
लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका बासिन्दा हुनुहुन्छ ।
श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिकाभित्र दीर्घकालीन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र पालिका मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहलकदमी लिने बताउनुभएको छ ।
त्यस्तै उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका २०७५ साउन १ गतेदेखि प्रमुखविहीन छ । उपमहानगरपालिका प्रमुख तारा सुब्बाको उपचारको क्रममा साउन १ गते निधन भएपछि एक वर्षभन्दा बढी समयदेखि उपमहानगर उपप्रमुखकै भरमा चलिरहेको छ ।
तत्कालीन एमालेको तर्फबाट चुनाव जित्नुभएका सुब्बाको निधनपछि रिक्त रहेको ठाउँमा अहिले उपचुनाव हुन लागेको हो ।
साझा पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नम्बर २, भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश (क) र दाङ क्षेत्र नम्बर ३ को प्रदेश (ख) मा उम्मेदवार घोषणा गरिसकेको छ।