कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
दोलखा – मेलुङ गाउँपालिकाले भूकम्पपछि नवनिर्मित विद्यालय भवन बैंकलाई भाडामा दिएको छ ।
गाउँपालीकाले वडा नम्बर ४ भेड्पुमा रहेको भिम माविको नवनिर्मित भवन बैंक सञ्चालनका लागि भाडामा दिएको हो । नवनिर्मित सुविधा सम्पन्न भवन बैंकलाई भाडामा दिएपछि विद्यार्थी पुनः टहरोमा पढ्न बाध्य भएका छन् ।
भर्खरै ९० लाख खर्च गरेर निमार्ण सम्पन्न ६ कोठे भवनमा ४ कोठा सानिमा विकास बैङ्कलाई मासिक १५ हजार रुपैयाँमा दिने निर्णय गरेपछि स्थानीयहरुले विरोध गरेका छन् । विद्यार्थीलाई टहरामा राखेर भवन बैङ्कलाई दिने सम्झौता भएपछि मेलुङ गाउँपालिका वडा नम्बर ४ का स्थानीय बालबालिका जस्ताको टहरामा नै पठनपाठन गर्न बाध्य भएका छन् ।
आफ्ना बालबालिका जस्ताको टहरामा कष्टकर रुपमा पढ्ने बाध्यता हुँदाहुँदै भर्खरे बनेको भवन बैंकलाई भाडामा दिएको भन्दै स्थानीय जनप्रतिनिधि र अविभावकहरुले व्यापक विरोध जनाएका हुन् ।
यता मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बालबालिकाको पढाईमा कुनै बाधा नपुग्ने गरी विद्यालयको भवन बैंकलाई भाडामा दिएको बताउनुभयो ।
यसैबीच विद्यालयमा बैंक राखेर विद्यार्थीलाई टहरोमा पठनपाठन गर्न बाध्य पारेको भन्दै बैंकलाई अन्यत्र सार्न नेपाल विद्यार्थी संघले माग गरेको छ । संघले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै विरोध समेत गरेको छ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।
Puru
July 17, 2018, 9:39 p.m.Ok very good
Ujjwal
July 17, 2018, 9:38 p.m.६ कोठा बनाउन ९० लाख कसरी लाग्यो /
बाल कृष्ण पङेनी
July 17, 2018, 8:01 p.m.फटाहाहरुको सरकार छ जे गरे पनि भयो डाडु पन्यु हातमा छ ।
Puspa ghimire
July 17, 2018, 8:01 p.m.सानिमा बैंक हाे ।बिकास बैंक हाेइन। लेखाइ लाइ सुधार गर्नुहोला।
Tej
July 17, 2018, 7:54 p.m.बिद्यार्थी लाई भवनमा पठन पाठन हुनु पर्छ
Tej
July 17, 2018, 7:53 p.m.बिद्यार्थी लाई भवनमा पठन पाठन हुनु पर्छ