यू-१९ महिला क्रिकेट कपका लागि नेपाली टोलीको घोषणा

 कात्तिक २०, २०७६ बुधबार २१:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनको साङघाइमा हुने बी एन्ड आर यू-१९ महिला क्रिकेट कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपालले बुधबार डली भट्टको कप्तानीमा १४ सदस्यीय टोली सावर्जनिक गरेको छ । जसमा सिनियर टिम बाट खेलिसकेकी कंविता कुँवरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । अन्य खेलाडीमा कृतिका मरासिनी, इश्वरी बिष्ट, यसोदा बिष्ट, रुवि पोदार, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल छन् ।

ज्योती दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले, र श्रृष्टि पौडेल पनि अन्तिम १४ मा परेका छन् । पेमा लिम्बु शेर्पा , हेलिसा लामा गुरुङ र मनिषा राना बैकल्पिक खेलाडीमा रुपमा छन् । नेपाली टिम कलाम अलीको प्रशिक्षणमा रहेको छ ।

कात्तिक २५ देखी ३० सम्म हुने प्रतियोगितामा नेपाल सहित चीन, साउदी अरेयिबा , मलेसिया, म्यानमार र थाइल्यान्ड सहभागी छन । नेपालले आफ्नो पहिलो खेल २८ गते थाइल्यान्ड संग खेल्नेछ । नेपाली टिम शुक्रबार चीन प्रस्थान गर्नेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया