सञ्चारमन्त्रीले गरे बक्स अफिस प्रणालीको उद्घाटन

 साउन १, २०७५ मंगलबार १७:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साउन १ गते अर्थात आज देखि राजधानीका २० वटा हलमा  ई–टिकेटिङ सिस्टम अर्थात बक्स अफिस प्रणाली लागू भएको छ । 

मंगलबारदेखि राजधानीका ११ वटा मल्टिप्लेक्स सहितका २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागू भएको हो ।

मंगलबार चलचित्र विकास वोर्डको कार्यालय चावाहिलमा  सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिसको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । 
कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यही मसान्तभित्रमा राजधानी बाहिरका हलहरुमा समेत बक्स अफिस प्रणाली लागू हुने बताएका छन् ।
मन्त्री बाँस्कोटाले अब हलहरुको वर्गीकरण गराउने र ‘सबै हलहरुमा बक्स अफिस लागू गर्ने समेत बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया