राजपा पनि डाक्टर केसीकै समर्थनमा

 साउन १, २०७५ मंगलबार १८:९:२३ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले पनि वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको हो । गोविन्द केसीको आमरण अनसन तोडाउन वार्तामा जोड दिन पनि सरकारसँग आग्रह गरिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिनुभयो । बैठकले वरिष्ठ चिकित्सक केसीबारे सरकारले दिने गरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ ।

पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउने निर्णय पनि अनुमोदन गरेको छ । त्यसैगरी महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने निर्णय पनि गरिएको नेता यादवले बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी, नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बुधबार पुनः अध्यक्ष मण्डलको बैठक बोलाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया